आइतबार, जेठ ३१, २०८३

वर्ल्डलिंकले सार्वजनिक गर्‍यो दसैं अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले 'वर्ल्डलिंक फेसटिभीटी' अफर सार्वजनिक गरेको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले 'वर्ल्डलिंक फेसटिभीटी' अफर सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो सब्सक्रिप्सनमा तीन फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने बताइएको छ।

National life

पहिलो प्याकेज 'फस्ट अफर' अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरूले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। 

'२ राउटर्स' प्याकेज अन्तर्गत १ हजार ५० रुपैयाँमा प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरूले नोकिया बेकन १.१ मेस राउटर, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार सबैभन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने ‘स्मार्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) नोकिया बेकन १.१ मेस राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरूलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक नेटटीभी मात्र १५० रुपैयाँमा प्राप्त गर्नेछन्।

यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरूमा उपलब्ध हुनेछ। साथै उपलब्ध हुने सबै स्पिडहरूमा, सम्पूर्ण ग्राहकहरूका लागि (नयाँ तथा हालका) लागु हुने कम्पनीको भनाइ छ।

Shivam cement

प्रकाशित: Sep 11, 2022| 14:26 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्