आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दिगो विकासका लागि अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक छ : न्यायाधीश सिन्हा

दिगो विकासका लागि अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक छ : न्यायाधीश सिन्हा

नेपालले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेको स्मरण गराउँदै न्यायाधीश सिन्हाले देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राखे।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रलाई चलायमान बनाउँदै जानुपर्ने बताएका छन्। नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको साताव्यापी व्यावसायिक कानुनसम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्दै न्यायाधीश सिन्हाले उक्त कुरा बताएका हुन्।

National life

नेपालले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेको स्मरण गराउँदै न्यायाधीश सिन्हाले देशलाई दिगो विकासमा लैजान अर्थतन्त्रलाई थप चलायमान बनाउनुपर्ने धारणा राखे। 

अर्थतन्त्रका समग्र विषयले देश, समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस विषयमा सबै सचेत हुनुपर्ने आवश्यक औँल्याए।  उनले अर्थतन्त्रमा हरेक शब्द–शब्दको गहिरो अर्थ हुने गरेको भन्दै त्यसको अर्थ बुझ्न सकिएन भने अर्थको अनर्थ लाग्ने बताए। 

अर्थतन्त्रसँग सम्बन्धित कानुनसँग जोडिएका शब्दको अर्थ भने अझै गम्भीर हुने उल्लेख गरे। यस्ता सबैमा सबैजना सचेत भएर आ–आफ्नो क्षेत्रबाट देशको अर्थतन्त्र विकासमा भूमिका खेल्नु पर्ने न्यायाधीश सिन्हाको भनाइ छ। 

कार्यक्रममा नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले कानुन व्यवसायीले वकालत गरेर पैसा कमाउने मात्र नभई समाजको अभियन्ता पनि भएको बताएका थिए। ‘कानून व्यवसायी भनेको अभियान्ता पनि हो, व्यवसायीले पैसा कमाउने ध्येय मात्रै राखेको पनि हुँदैन’ उनले भने ‘उनीहरुको समाजप्रतिको दायित्व पनि हुन्छ।’ दायित्व पुरा गर्ने सन्दर्भमा बार सँधै अग्रसर रहेको धारणा उनले राखे। कार्यक्रममा बारकी महासचिव अन्जिता खनालले सेजनसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन्।

Shivam cement

सेजनका अध्यक्ष जनार्दन बरालले तालिमले पत्रकारहरुको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बारको सहयोगप्रति धन्यवाद ज्ञापन गरे। 

तालिममा बैंक तथा वित्तीय कानुन, विदेशी लगानी, अन्तर्राष्ट्रिय व्यापार,  बीमा, वित्तीय कारोबार तथा करार, कर, बौद्धिक सम्पत्ति, मिडियासम्बन्धी कानुन, सार्वजनिक खरिद कानुन, कर्पोरेट, धितोपत्र बजारसँग सम्बन्धित विषयमा पत्रकारहरुलाई तालिम दिइएको थियो। वरिष्ठ अधिवक्ताहरु मेघराज पोखरेल, सविता भण्डारी बराल, डा. गान्धी पण्डित, मात्रिका निरौला, शिवप्रसाद रिजाल तथा अधिवक्ताहरु अमरजिवी घिमिरे, सजनबरसिंह थापा, भरतकुमार लकाई, राजकुमार सुवाल, सन्तोष तिवारी, सेमन्त दाहाल, दीपक घिमिरेका साथै धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले तालिम दिएका थिए। 

प्रकाशित: Sep 11, 2022| 14:06 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्