आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता गठबन्धनले आज पनि टुंगो लगाउन सकेन सिटको भागबन्डा, फेरि सर्‍यो भाका

सत्ता गठबन्धनले आज पनि टुंगो लगाउन सकेन सिटको भागबन्डा, फेरि सर्‍यो भाका

बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङ मात्रै भएको बताए।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- सत्तामा रहेका ५ दलका शीर्ष नेताको बैठक आइतबार पनि निष्कर्षविहीन भएको छ। सिट बाँडफाँड टुंगो लगाउने दाबी गरिएको बैठक सोमबारका लागि सारिएको छ। बैठक भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो।

National life

बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङ मात्रै भएको बताए। 

‘बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो। कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ। त्यस विषयमा भोलि फेरि छलफल गछौं,’ उनले भने।

बिहान ८ बजे बस्ने बैठकले सिट बाँडफाँट टुंगो लगाउने दाबी नेता खनालको छ।

शनिबार नै सिटको भागबन्डा मिलाउनका लागि बैठक डाकिएको भएपनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नपुगेपछि आइतबारका लागि सारिएको थियो। पछिल्लो समय गठबन्धनका शीर्ष नेताको बैठक बस्दै बिना निष्कर्ष टुंगिदै आएको छ। 

Shivam cement

सिट बाँडफाटका लागि गठित कार्यदलले जिम्मेवारी पूरा नगरी अधुरो प्रतिवेदन बिहीबार शीर्ष नेताहरूलाई बुझाएपनि प्रतिवेदनमा केकति विषयमा समझदारी भएको भन्ने विवरण सार्वजनिक भएको छैन। 

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्ति भन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ। 

प्रकाशित: Sep 11, 2022| 13:40 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...