बुधबार, साउन २०, २०८३

निलम्बित प्रधानन्यायाधीश जबराको चौथो दिनको बयान आज

 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिँदैछन्। सिंहदरबारस्थित कार्यालयमा समितिले दिउँसो १२ः३० मा बयानका लागि जबरालाई बोलाएको छ।

यसअघि समितिले भदौ १५, १६ र १९ गते जबराको बयान लिएको थियो। समितिले जबरासँग सोध्नका लागि ४३ वटा प्रश्नावली तयार पारेको छ। थपथाप गरी १५० वटासम्म प्रश्न सोध्ने तयारी समितिको छ। तर ३ दिनको बयानका क्रममा जम्मा ११ वटा मात्रै प्रश्न समितिले सोधेको छ।

तीनै दिन जबरा खरोसँग विभिन्‍न राजनीतिक दल, नेपाल बार एसोसिएसन र न्यायाधीशहरूविरुद्ध उत्रिएका थिए। आफूमाथि लागेका अभियोगबारे जवाफ दिनुभन्दा पर पुगेर उनी अरुमाथि आक्षेप लगाएर आफ्नो बचाउ गरिरहेका छन्।

सरकारले २१ आरोपसहित राणाविरुद्ध फागुन १ गते महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएको थियो। साढे ५ महिना उक्त प्रस्ताव यसै अलपत्र पारेपछि गत साउन २३ गतेको प्रतिनिधिसभाले महाभियोग प्रस्ताव ‘महाभियोग सिफारिस समिति’मा पठाएको थियो।


प्रकाशित: Sep 11, 2022| 10:33 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...