आइतबार, जेठ ३१, २०८३

जसपालाई कमजोर नठान्न उपेन्द्र यादवको चेतावनी

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा सम्मानजनक स्थान दिनुपर्ने बताएका छन्। सम्मानजनक स्थान नपाए जसपा गठबन्धनमा बस्न बाध्य नहुने चेतावनी दिएका हुन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा सम्मानजनक स्थान दिनुपर्ने बताएका छन्। सम्मानजनक स्थान नपाए जसपा गठबन्धनमा बस्न बाध्य नहुने चेतावनी दिएका हुन्।

National life

पिछडावर्ग महासंघ (ओबिसी)को राष्ट्रिय सम्मेलनलाई शनिबार जनकपुरमा सम्बोधन गर्दै यादवले जसपालाई उचित स्थान नदिए गठबन्धनबाट बाहिर गएर एक्लै निर्वाचन लड्ने चेतावनी दिएका छन्। उनले सोही प्रकारको चेतावनी यसअघि काठमाडौंमा पनि दिएका थिए।

यादवले गठबन्धनको नाममा आत्मघाती कदम उठाउन बाध्य नरहेको बताए। लोकतन्त्र र संविधानमाथि आक्रमण गर्ने अभिप्रायले प्रतिनिधिसभा भंग गरिँदा जसपा नै सबैभन्दा पहिले सडक आन्दोलनमा उतारिएको दाबी गर्दै यादवले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि गठबन्धनमा जान तयार भएको बताए।

लोकतन्त्र र संविधानको रक्षाका लागी जसपाले सडक आन्दोलन गरेको बताउँदै उनले आज गठबन्धनमा जसपालाई कमजोर बनाउने षडयन्त्र भइरहेको आरोप लगाए।

प्रकाशित: Sep 11, 2022| 08:55 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...