बिहीबार, असोज ८, २०८३

तनहुँमा राहदानीबाट ४ करोड ४२ लाख राजश्व सङ्कलन

तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८-७९ मा चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ। सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

दमौली- तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८-७९ मा चार करोड ४२ लाख राजश्व सङ्कलन भएको छ। सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। 

त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु चार करोड ८० लाख राजश्व सङ्कलन गरेको छ। संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरीवाना, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजश्व सङ्कलन गरेको हो।

संस्था दर्ताबाट ११ हजार ६५ हजार पाँच सय ९५, हातहतियार नवीकरणबाट चार लाख आठ हजार तीन सय २५, न्यायिक दण्ड जरीवानाबाट २२ हजार १७ हजार आठ सय ५०, प्रशासनिक दण्ड, जरीवाना र जफतबाट ५० हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ। दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ।

कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा सात सय ८५ संस्थाको नवीकरण भएको छ। ९९ हातहतियार नवीकरण भएकामा छ वटा नामसारी गरिएको छ। यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ।

प्रकाशित: Sep 11, 2022| 07:10 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्