काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ०४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२८ रुपैयाँ १२ पैसा र बिक्री दर १२८ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४७ रुपैयाँ ४८ पैसा र बिक्री दर १४८ रुपैयाँ १८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १४ पैसा र बिक्री दर ८७ रुपैयाँ ५५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७८पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २५ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९ रुपैयाँ ०१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३५ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८१ पैसा र बिक्री दर ३३ रुपैयाँ ९७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर