मंगलबार, पुस २९, २०८२

कुलमान र हितेन्द्रदेव देशभित्र हुनु नै गर्वको कुरा

नेताहरुले पनि प्राविधिक कुरामा प्राविधिक मान्छेले नै भनेको सुन्नुपर्छ। उनीहरुले भनेको कुरा खुरुखुरु सुनेको भए यतिबेला भारतबाट यति धेरै बिजुली आयात गर्नै पर्दैनथ्यो।
 |  सोमबार, साउन २५, २०७८

प्रा.डा. जगन्नाथ श्रेष्ठ

प्रा.डा. जगन्नाथ श्रेष्ठ

सोमबार, साउन २५, २०७८

अहिले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि चर्चा चलिरहेको छ। यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि नियुक्त गर्ने र अहिलेका हितेन्द्रदेव शाक्यलाई अन्यत्रको जिम्मेवारी दिने समाचार आइरहेका छन्। 

National life

यसअघि कुलमानजीले राम्रै काम गर्नुभएको हो। तर, त्यसमा उहाँको मात्र हात छैन, सिंगो टिमको प्रयासले त्यो सम्भव भएको हो। दुई देशको बीचमा लडाइँ भयो भने जुन देशले जित्छ, त्यो देशको जनरलको नाम आउँछ। तर, लड्ने त सिपाहीहरु हुन्छन् नि। कुलमानजीले नाम कमाउनुभयो, राम्रै भयो। तर, खासमा यो टिमवर्क हो। अथवा हितेन्द्रदेवजीले पनि टिमवर्क गरिरहनुभएकै छ। नेताजीहरुले दुइटै क्वालिफाइड इन्जिनियरलाई एक किसिमले अप्रत्यक्ष रुपमा झगडा गराउनुभएजस्तो लागिरहेको छ। एउटालाई योग्य र अर्कोलाई आयोग्यजस्तो देखाउने काम गरिनु हुँदैन। 

दुवै जना राम्रा हुनुहुन्छ। दुवैजना विद्युत् सेक्टरका विज्ञ हुनुहन्छ। अझ हितेन्द्रदेव त पाँच वर्ष सिनियर पनि हो। उहाँले २५० जना इन्जिनियरलाई प्रशिक्षित गराउनुभएको थियो। ती इन्जिनियर अहिले अरब मुलुक र भुटानमा काम गर्छन्। त्यसैले सबैको देनको कदर गुर्नपर्छ। नेताजीहरुलाई इन्जिनियरिङ सम्बन्धी सबै कुरा थाहा नहुन सक्छ।

मैले नेतागिरी गरेको छैन। म  मन्त्रालयमा पनि छैन। प्राधिकरणमा पनि छैन। एकेडेमिक व्यक्तित्वका  रुपमा भनिरहेको छु यो कुरा म। कुलमानजी हाम्रै पुल्चोक क्याम्पसमा पढेको हो। हितेन्द्रदेवजी केयूमा पढ्नुभएको हो। १५–२० वर्ष अगाडि मैले नै पढाएको हो। मुख्य कुरा दुवै जना क्वालिफाइड हुन्। उनीहरुलाई एकआपसमा झगडा गराउनु हुँदैन। मिल्ने साथीहरुलाई नेताजीहरुले फलानो राम्रो, ढिस्कानो नराम्रो भन्नु राम्रो होइन। मेरो हिसाबले त कुलमानजी योभन्दा राम्रो ठाउँमा जान सक्नुहुन्छ। 

दुईजनालाई नेताले मात्र झगडा गराएका छैनन्, जनताले पनि गराएका छन्। एकले अर्कालाई आरोपप्रत्यारोप गरेजस्तो हेडलाइन राखिएका छन् युट्युबमा। जबकि उहाँहरु दुवै जना मौन हुनुहुन्छ। युट्युबरले सनसनीपूर्ण बनाएर झगडा गराएको जस्तो गरिरहेका छन्। 

Laxmi sunrise bank
kumari

नेताहरुले पनि प्राविधिक कुरामा प्राविधिक मान्छेले नै भनेको सुन्नुपर्छ। उनीहरुले भनेको कुरा खुरुखुरु सुनेको भए यतिबेला भारतबाट यति धेरै बिजुली आयात गर्नै पर्दैनथ्यो।

म ७३ वर्षको भइसकेँ। कक्षा एकमा पढ्दादेखि नै नेपाल बिजुली बेचेर धनी हुन सक्छ भनेर पढेको हुँ। कसरी धनी भयो खै? धनी हुन सक्थ्यो तर, राम्रोसित काम गर्न दिइएन। कागजात बन्छन्, अध्ययन हुन्छ तर काम बन्दैन।

म नवीकरणीय ऊर्जामा धेरै लागे पनि ऊर्जासम्बन्धी सबै जानकारी लिइराख्छु। इन्जिनियरहरुलाई राम्रोसँग काम गर्न दिइनुपर्छ। राम्रोसँग काम गर्न दिएमा पाँच वर्षभित्र हामीले कसैको बिजुली लिनु नै पर्दैन। हालसालै ऊर्जा मन्त्रालयले एउटा नीति बनाएर कृषियोग्य भूमिमा सौर्य प्रविधिको प्रयोग गर्ने भनेको छ। यसमा पनि छलफल पुगेको छैन। सोलार प्रविधि जान्ने मान्छेलाई पनि त्यस्तो नीति निकाल्दा छलफल गराउनुपर्थ्योे। नीति बनाउने मान्छेले भनेको कुरा नेताजीहरुले सुन्नुपर्छ। 

हामीले बिजुली उत्पादन बढाएर मात्र हुँदैन, खपत पनि बढाउन सक्नुपर्छ। सहरी क्षेत्रमा इन्फ्रारेड कुकरको प्रयोग बढाउनुपर्छ। इन्डक्सन होइन, इन्फ्रारेड कुकरमात्रै प्रयोग गर्दा हुन्छ। इन्डक्सन चुलोलाई हाम्रो समाजले स्वीकार नै गरेन। कसैले त इन्डक्सन चलाउँदा क्यान्सर हुन्छ भनेर समेत हल्ला फैलाए। अर्को कुरा, हाम्रो समाजमा खाना पकाउँदा आगो देखिनुपर्छ भन्ने मान्यता पनि छ। त्यसले गर्दा पनि कतिपय उपभोक्ता इन्डक्सनमा सिफ्ट हुन हिचकिचाए। 

पढेलेखेका इन्जिनियर प्रधानमन्त्री हुँदैनन्, मन्त्री हुँदैनन्। कर्मचारी विज्ञ भए पनि मन्त्री, प्रधानमन्त्रीले उनीहरुको कुरा सुन्दैनन्। छलफल राम्रोसँग हुँदैन। त्यसैले अहिलेको सन्दर्भमा हितेन्द्रदेव र कुलमान दुवै राम्रा हुन्।

विद्युत् प्राधिकरणले अब चाैबीसै घण्टा, सातै दिन २२० भोल्टको बिजुली आउने वातावरण बनाउनुपर्छ। सहरी क्षेत्रमा त २२० भोल्ट छ तर गाउँतिर गयो भने १८०, १६० भोल्टमात्र दिइएको छ। त्यसमा फ्रिजले पनि काम गर्दैन। यस्तो भएपछि रिस उठ्छ उपभोक्तालाई। बिहानसाँझ खाना पकाउने बेलामा बिजुली जाने भएपछि ग्यास कसरी रिप्लेस गर्ने? त्यही भएर ग्यास महँगो भए पनि जनताले किनिराखेका छन्। ग्यास सिलिन्डर ग्राहकको हातमा छ तर बिजुली छैन। नेपालमा एक दिनमा करिब ८६ हजार सिलिण्डर ग्यास खपत हुँदोरहेछ। एउटाको १४ सय रुपैयाँ हिसाब गर्दा पनि १२ करोड रुपैयाँ एकदिनमा जाँदो रहेछ।

३६५ दिनमा त अर्बौं रुपैयाँ खर्च हुन्छ। यस्तो कुरा कसले बुझ्ने? पढेलेखेका इन्जिनियर प्रधानमन्त्री हुँदैनन्, मन्त्री हुँदैनन्। कर्मचारी विज्ञ भए पनि मन्त्री, प्रधानमन्त्रीले उनीहरुको कुरा सुन्दैनन्। छलफल राम्रोसँग हुँदैन। त्यसैले अहिलेको सन्दर्भमा हितेन्द्रदेव र कुलमान दुवै राम्रा हुन्। दुवै मुलुकका लागि काम लाग्ने र क्षमतावान् छन्।

प्रायः क्षमतावान् मानिस मुलुकबाहिर गइरहेका बेला हितेन्द्रदेव र कुलमान नेपालमा हुनु गौरवको कुरा हो। राजनीतिक नेतृत्वले काम लिन सक्नुपर्छ उनीहरुबाट। 

(प्रेम चन्दसँगको कुराकानीमा आधारित)

प्रकाशित: Aug 09, 2021| 14:16 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...