मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • निर्वाचनका समयमा सीडीओले हैन, आयोगले प्रशासन हात लिनुपर्छ : ओली

निर्वाचनका समयमा सीडीओले हैन, आयोगले प्रशासन हात लिनुपर्छ : ओली

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा आयोगले धाँधली रोक्न नसकेको आरोप लगाए। उनले भने, ‘आयोग कमजोर देखियो, धाँधली रोक्न सकेन। निर्वाचनका समयमा प्रशासन आफ्नो हातमा लिन सकेनन्।’
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

विराटनगर- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका समयमा निर्वाचन आयोगले प्रशासन आफ्नो हात लिनुपर्ने बताएका छन्। गत वैशाखमा सम्पन्‍न स्थानीय तह निर्वाचनमा आयोगको भूमिका कमजोर देखिएको उनको भनाई छ।

National life

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा आयोगले धाँधली रोक्न नसकेको आरोप लगाए। उनले भने, ‘आयोग कमजोर देखियो, धाँधली रोक्न सकेन। निर्वाचनका समयमा प्रशासन आफ्नो हातमा लिन सकेनन्।’

निर्वाचनका समयमा आयोगले प्रशासन आफ्नो हातमा लिनुपर्ने उनको भनाई छ। अध्यक्ष ओलीले भने,‘सीडीओले सञ्चालन गर्ने होइन।’ सत्ताको आदेश पालना गर्ने तरिकाले निर्वाचन कसरी सम्पन्‍न हुन्छ भन्दै प्रश्न गरे। उनले भने, ‘मनपरि तरिकाले राज्य संयन्त्र सञ्चालन गर्ने राजनीतिक दल अहिले सत्तामा रहेको देखिदेखि आयोगले प्रशासन आफ्नो हातमा लिनु परेन?’ 

प्रशासनको सञ्‍चालन निर्वाचन आयोगले आफ्नो हातमा लिएर न्यायाधीशमार्फत् निर्वाचनको विधिबाट कसरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन सकिन्छ त्यतातिर आयोगले ध्यान दिनुपर्ने अध्यक्ष ओलीले बताए।   

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको उनको आरोप छ। सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको ओलीले बताए। 

kumari

शनिबार विराटनगरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद्को प्रदेश सम्मेलन र जितिया कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली विराटनगर आएका हुन्।

प्रकाशित: Sep 10, 2022| 17:44 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।