आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसका नेतालाई गठबन्धनविरुद्ध भाषणबाजी नगर्न गृहमन्त्री खाणको चेतावनी

कांग्रेसका नेतालाई गठबन्धनविरुद्ध भाषणबाजी नगर्न गृहमन्त्री खाणको चेतावनी

कांग्रेस गठबन्धनमा आबद्ध भएकाले पार्टीका नेता, कार्यकर्ता गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनुपर्ने नेता खाणको तर्क।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूलाई गठबन्धनविरुद्ध भाषणबाजी नगर्न गृहमन्त्री बालकृष्ण खाणले सचेत गराएका छन्। खाणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा कांग्रेस नरहेकाले त्यसविरुद्धमा पार्टी नेताहरूले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन्।

कांग्रेसमा आबद्ध नेपाल तरुण दल काभ्रेले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले यस्तो बताए। कांग्रेस गठबन्धनमा आबद्ध भएकाले पार्टीका नेता, कार्यकर्ता गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म भएको उनको धारणा छ।

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको  सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नुपर्दछ। तर गठबन्धन तोडेर हेरौं भनेर भन्नुहुन्छ भने कांग्रेस केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन,’ उनले भने। उनले कांग्रेसका केन्द्रीय सदस्य सदस्यहरूले पार्टीका तरुण साथीहरूलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्न नहुने बताए। ‘हामी गठबन्धनमा आबद्ध छौं। गठबन्धनको उम्मेदवारलाई जिताउनु राजनीतिक धर्म र दायित्व हो,’ उनले भने।

प्रकाशित: Sep 10, 2022| 17:31 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...