आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई दसैं अफरका दैनिक र साप्ताहिक गरी नौ विजेता छनोट

आइएमई दसैं अफरका दैनिक र साप्ताहिक गरी नौ विजेता छनोट

दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राही मुखी दसैँ अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राही मुखी दसैँ अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ।

National life

बिहीवार काठमाडौँ पानीपोखरी स्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन्। रिया फानान्सियल सर्भिस बेल्जियम र अस्ट्रेलियाबाट पैसा पठाउने विजेता द्वयले जनही पचिच्स हजार प्राप्त गर्नेछन्।

त्यस्तै सेवाग्राहीहरू कृष्णप्रसाद भुषाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट भएका छन्। उनीहरुले एक-एक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन्।

‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा’ आधारित रही यस पटकको स्किम संचालन हुनेछ। अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ। साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई पच्चिस हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ। त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रुपैयाँ दश लाख उपहार स्वरूप प्रदान गरिनेछ।

प्रकाशित: Sep 10, 2022| 16:08 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्