आइतबार, जेठ ३१, २०८३

एभरेष्ट बैंकको भिसा डेबिट कार्ड नयाँ स्वरुपमा

एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ। नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ। नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ।

National life

बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ। साथै, बैंकको सो कार्ड मोको वालेटमा लिङ्क गरेर पनि कारोबार गर्न सकिनेछ।

बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न सुविधा थपिँदै लगिने कुरा जानकारी गराए।

बैंकले देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ।


प्रकाशित: Sep 10, 2022| 16:06 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्