काठमाडौं- भिभोले भी सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक गरेको छ। यस्तै कम्पनीले स्मार्टफोन सार्वजनिक हुनुअगाडि अग्रिम बुकिङ खुल्ला गरेको थियो।
प्रि–बुकिङका लागि उपलब्ध गराएको चार दिनमा छ सयभन्दा बढी भी२५ सिरिजको प्रि–बुकिङ भएको कम्पनीले जनाएको छ। भी२५ र भी२५ई दुवैमा रंग परिवर्तन हुने ग्लास प्रविधि छ, जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ। यसका साथै, दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ।
त्यस्तै भी२५ शृंखलामा उत्कृष्ट क्यामेरा क्षमता छ। भी २५ फाइभजी र भी२५ई दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ। रियर क्यामेरामा हाइब्रिड इमेज स्टेबिलाइजेसन छ। साथै भी२५ सिरिजमा बोकेह फ्ल्येर पोट्र्रेटलगायत अन्य क्यामेरा विशेषताहरु छन्। भी२५ फाइभजीमा ५०एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ, जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ। साथै, भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ।
भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री छ, जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ। यसमा डबल एक्सपोजर, डुअल भ्यू भिडियो, ९० हर्ज अल्ट्रा भिजन स्क्रिन लगायतका विशेषताहरु छन्। भी२५ फाइभजी अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा ५२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ। यस्तै भिभो भी२५ई सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा ४२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।