बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीले ल्याएको गणतन्त्रमा कांग्रेस, एमालेले रजाइँ गरे : शिक्षामन्त्री पौडेल

माओवादीले ल्याएको गणतन्त्रमा कांग्रेस, एमालेले रजाइँ गरे : शिक्षामन्त्री पौडेल

परिवर्तनका एजेन्डा उल्टिन सक्ने हुँदा आउँदो चुनावमा माओवादी उम्मेदवारले जसरी पनि जित्नैपर्छ नेता पौडेलको दाबी।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं– शिक्षामन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको गणतन्त्रमा अन्य पार्टीहरूले रजाइँ गरेकाले समस्या निम्तिएको दाबी गरेका छन्।

शनिबार पोखरामा प्रेस सेन्टर गण्डकी प्रदेश समिति बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले आफूहरूका एजेन्डा संस्थागत गर्न माओवादी निकट पत्रकारले प्रचार मोर्चा सम्हाल्नुपर्ने धारणा व्यक्त गरे। ‘माओवादी कमजोर बने परिवर्तनका एजेन्डा उल्टिन सक्छन्। अतः आउँदो चुनावमा माओवादी उम्मेदवारले जसरी पनि जित्नैपर्छ’, उनले भने।

प्रकाशित: Sep 10, 2022| 16:01 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...