काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनले देशको भाग्य र भविष्य फैसला गर्ने बताएका छन्। शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘देश भयावह स्थितिमा छ। हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने बर्बादै हुन्छ। ४ मंसिरमा देशको भाग्य फैसला गर्ने अवसर हो।’
सत्ता गठबन्धनका नेताहरु जसरी पनि गठबन्धन जोगाउने र जे गरे पनि हुन्छ भनेजस्तै गरी दगुरिरहेको उनको आरोप छ। ओलीले हिजो भनेजस्तो (प्रधानमन्त्रीकाल) ‘अति’ अहिलेको सरकारका पालामा फैलिएर दुर्गति भएको बताए।
उनले भने, ‘हिजो हामीले सुनेका हौं, अति भो भनेको। सबैले अति भो भनेपछिको अति अहिले देखिएको छ। त्यसबेलाको अति भो अति अहिले पो देखिएको छ।’