बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बंगलादेशमा यही वर्षदेखि बिजुली निर्यात : ऊर्जामन्त्री भुसाल

बंगलादेशमा यही वर्षदेखि बिजुली निर्यात : ऊर्जामन्त्री भुसाल

जलविद्युत् उत्पादनमा साझेदारी गर्न बंगलादेश सहमत भएसँगै यसै वर्षदेखि ५० मेगावाट विद्युत् बंगलादेश बेच्ने सरकारको तयारी।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं– ऊर्जामन्त्री पम्फादेवी भुसालले सरकारले बंगलादेशमा विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन्। शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यसै वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात गरिने बताएकी हुन्। हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ।

‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौं। अब बंगलादेशमा पनि निर्यात हुँदै छ’, मन्त्री भुसालले भनिन्, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न बंगलादेश सहमति भएको छ। यसै वर्षदेखि ५० मेगावाट विद्युत् बंगलादेश जान्छ।’ 

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको उनको भनाइ छ। गरिबीको रेखामुनि रहेका जनतालाई बिजुली निःशुल्कजस्तै रहेको, घरायसी प्रयोजनका लागि मूल्य कम गरिएको र कृषि एवं सिँचाइमा ७५ प्रतिशत महसुल घटाइएको उनले बताइन्।

प्रकाशित: Sep 10, 2022| 14:49 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्