आइतबार, जेठ ३१, २०८३

उखु किसानले अझै पाएनन् अनुदान रकम

सर्लाहीमा सञ्चालन भइरहेका तीन वटा उखु मिलमध्ये इन्दुशंकर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

सर्लाही– सर्लाहीका उखु किसान समयमै अनुदानको रकम नपाउँदा मर्कामा परेका छन्। जिल्लामा नगदेबाली उखु खेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि समयमा भुक्तानी नपठाउँदा मर्कामा परेका हुन्।

National life

जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिइए पनि केही उद्योगले  उखु खरिदबापतको रकम नदिएको भन्दै उनीहरुले आन्दोलन गर्दै आएका छन्। आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भुक्तानी भएको उखु उत्पादक किसान रामेश्वर महतोले बताए। जिल्लाका केही उद्योगले किसानको रकम समयमै भुक्तानी गरे पनि केही उद्योगले रकम भुक्तानी नगर्दा आफूहरूले पटक–पटक आन्दोलन गर्नुपरेको उनको भनाइ छ।

चिनी उद्योगले दिने रकम किसानको आन्दोलन, सरोकारवाला निकायको पहलबाट उठ्ने क्रम जारी रहे पनि सरकारले दिने अनुदान रकम नपाउँदा आफूहरू मारमा परेको उखु उत्पादक किसान रामकेशव साहले बताए। गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि अनुदान रकम भुक्तानी नपाउँदा घरव्यवहार चलाउन गाह्रो भएको किसानको गुनासो छ।

सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा किसानलाई मल तथा उखु खेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनाली बताउँछन्।

गत आर्थिक वर्षका लागि सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल ५२० र सरकारले पनि अनुदान रकम दिने सहमति भएको तर रकम पाउन नसकेको उखु किसान राजकुमार उप्रेतीले बताए। चिनी उद्योगीले समयमा किसानको उखु बिक्रीको तथ्यांक उपलब्ध नगराएकाले उनीहरुको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक जीवन पुरीले जानकारी दिए।

Shivam cement

उनले उद्योगीलाई चाँडै किसानले उखु बिक्रीको तथ्यांक पठाउन ताकेता गरिएको र उद्योगले तथ्यांक पठाएलगत्तै अनुदान रकम पठाउने प्रक्रिया अघि बढाइने बताए।जिल्लामा तीन वटा उखु मिल छन्। तीमध्ये  इन्दुशंकर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी छ।–रासस

प्रकाशित: Sep 10, 2022| 14:15 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्