आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अन्तरजिल्ला स्तरीय असल अभ्यासको आदान प्रदान

जिल्लामा गरेका असल अभ्यासको आदान प्रदान गर्दै अन्तरजिल्ला स्तरीय सुरक्षा तथा समन्वय बैठक बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा शुक्रबार सम्पन्न भएको छ।
 |  शनिबार, भदौ २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

डोटी- जिल्लामा गरेका असल अभ्यासको आदान प्रदान गर्दै अन्तरजिल्ला स्तरीय सुरक्षा तथा समन्वय बैठक बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा शुक्रबार सम्पन्न भएको छ। 

triton college

सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागितामा सम्पन्न समन्वय बैठमा जिल्लाले गरेका असल अभ्यासको आदान प्रदान गर्नुका साथै सबै जिल्लाका साझा सवालहरुको बारेमा ब्यापक छलफल गरी बैठक सम्पन्न भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। 

बैठकमा सबै जिल्लाको साझा सवाल राजमार्ग सञ्चालन, अन्तरजिल्ला स्तरीय शान्ति सुरक्षा ब्यवस्थापन, ट्राफिक ब्यवस्थापन, विपत ब्यवस्थापन, लागूऔषध नियन्त्रण, आसन्न निर्वाचनलाई सहयोग लगायत विषयमा छलफल गरिएको थियो।

समन्वय बैठकले एक अर्को जिल्लाबीचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग मिलेको डडेलधुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। बैठकमा चाडबाडको समयमा शान्ति सुरक्षालाई ब्यवस्थित गर्ने, सिमा नाकामा हुने घटनाको बारेमा समन्वय गर्ने, चोरी तस्करी नियन्त्रण गर्ने लगाएतका विषय बस्तुको बारेमा समेत छलफल भएको उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मुख्य सचिब नारायण प्रसाद ढवाडीको प्रमुख आथित्यमा सम्पन्न भएको बैठकमा सुदूरपश्चिम आन्तरीक मामीला तथा कानुन मन्त्रालयका सचिब कमल बहादुर ढकाल, सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका सुरक्षा निकाए प्रमुखको सहभागिता रहेको थियो।

Metro Mart
vianet

प्रकाशित: Sep 10, 2022| 13:42 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।