आइतबार, जेठ ३१, २०८३

दैनिक डेढ लाख लिटर दूध अभाव

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलगायत निजी उद्योगलाई दूध अभाव भएसँगै बजारमा दूध र दुग्धजन्य पदार्थ बिक्री ४० प्रतिशत कटौती।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं– नेपाल डेरी एसोसिएसनले मुलुकभर दैनिक डेढ लाख लिटर दूध अभाव रहेको बताएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)लगायत निजी दुग्ध उद्योगलाई दूध अभाव भएसँगै बजारमा दूध र दुग्धजन्य पदार्थ बिक्री ४० प्रतिशत कटौती भएको ती उद्योगले बताएका हुन् ।

National life

डीडीसीलाई मात्रै दैनिक ४०–५० हजार लिटर दूध अभाव रहेको महाप्रबन्धक सञ्जीव झाले बताए। दूध अभाव हुँदा घिउ तथा बटर उत्पादन पूर्ण रूपमा बन्द रहेको उनको भनाइ छ।

‘चाडपर्व सुरु भइसकेका छन् तर बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थ पु¥याउन सकिएको छैन’, उनले भने। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पाँच वर्षअघि दूधमा आत्मनिर्भर हुँदै गएको र स्वदेशमा पनि धुलो दूध पर्याप्त उत्पादन भइरहेको दाबी गर्दै धुलो दूध आयातमा रोक लगाएको थियो। 

केही वर्षअघि फल्स सिजन (बढी दूध उत्पादन हुने समय साउनदेखि फागुनसम्म)मा बजार मागभन्दा बढी हुने दूधबाट डीडीसीलगायत निजी उद्योगले धुलो दूध उत्पादन गर्थे। धुलो दूधबाट ती उद्योगले सिजन (दूध कम उत्पादन हुने समय चैतदेखि असारसम्म) दूध उत्पादन गर्थे। यसबाट फल्स सिजनमा मिल्क होलिडे गर्नुपर्ने बाध्यता र सिजनमा दूध अभाव हुने समस्या अन्त्य भएको थियो । 

Shivam cement

कोरोना महामारीका कारण पशुको दाना, चोकर र आहार आदि अभाव हुँदा दूध उत्पादन घटेको हो। कच्चा दूध अभावका कारण बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थ माग पूरा गर्न नसकेको बताउँदै संघले केही समयका लागि भए पनि भारतबाट कच्चा दूध आयात खुलाउन माग गरेको छ। 

सोही विषयमा अध्ययन गर्न मन्त्रालयबाट गठित समितिले भारतबाट केही समयका लागि झोल दूध ल्याउन सुझाए पनि मन्त्रालयले हालसम्म पहल नगरेको संघका अध्यक्ष राजकुमार दाहालले बताए।

दूध अभावमा लगभग ४० प्रतिशतसम्म बिक्री वितरण कटौती गर्नुपरेको र पनिर, घिउ, आइसक्रिमजस्ता दुग्धजन्य वस्तु उत्पादन ठप्प गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ। 


प्रकाशित: Sep 10, 2022| 13:35 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्