आइतबार, जेठ ३१, २०८३

सरुवा भए २६ सहसचिव

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा गरेका हुन्।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं– सरकारले दुई दर्जन बढी सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा गरेका हुन्।

National life

सत्य निरुपण आयोगकी सहसचिव सुशीला अर्यालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने श्रम मन्त्रालयका सहसचिव रमेश अर्यालको सत्य निरुपण आयोगमा सरुवा गरिएको छ।

उद्योग, पर्यटन मन्त्रालय सुर्खेतका मोहनदेव जोशीको वन तथा वातावरण मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका नवराज पुडासैनीको उद्योग, पर्यटन मन्त्रालय सुर्खेत, मुख्यमन्त्रीको कार्यालय मधेस प्रदेशका शिवनाथ पौडेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्।

राष्ट्रिय दलित आयोगका निश्चलराज पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय मधेस प्रदेशका ओमनारायण श्रेष्ठको युवा, खेलकुद मन्त्रालयमा सरुवा भएको छ।

यस्तै, युवा खेलकुद मन्त्रालयका रामशरण सापकोटाको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका रामहरि ज्ञवालीको उद्योग मन्त्रालय लुम्बिनी प्रदेश र उद्योग मन्त्रालय लुम्बिनी प्रदेशका हेमराज सुवेदीको शिक्षा मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ।

Shivam cement

कृषि तथा पशुपक्षी मन्त्रालयका कृष्ण धिताललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ भने अतिरिक्तका रामबन्धु सुवेदीको आर्थिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, खानेपानी मन्त्रालयका जकी अहमत अन्सारीको पर्यटन मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन मन्त्रालय लुम्बिनीका महेशचन्द्र न्यौपाने सहरी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेलाई आर्थिक मामिला मन्त्रालय सुर्खेत सरुवा गरिएको छ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शंकर नेपालको सञ्चार मन्त्रालयमा सरुवा भएको छ भने काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतबाट केही दिनअघि मात्रै जगेडामा तानिएका लोकनाथ पौडेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ।

सामान्यको अतिरिक्तमा रहेका विष्णु कोइरालालाई विराटनगर महानगरमा प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ भने विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको आन्तरिक मामिला मन्त्रालय विराटनगर सरुवा गरिएको छ।

अर्थ मन्त्रालयका मुक्तिप्रसाद पाण्डेको लोकसेवा आयोग र आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका जितेन्द्र बस्नेतको अर्थ मन्त्रालयमा सरुवा भएको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका दीर्घ मैनालीको अर्थ मन्त्रालय, अर्थ मन्त्रालयका महेश भट्टराईको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सामाजिक विकास मन्त्रालय बागमतीका श्रीकृष्ण नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोगका रुद्र लामिछानेको मधेसी आयोग, अतिरिक्तका ध्रुवराम पण्डितको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, अतिरिक्तका ज्ञानप्रसाद ढकालको पर्यटन मन्त्रालय र सहसचिव माधवप्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।


प्रकाशित: Sep 10, 2022| 13:15 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...