बुधबार, साउन २०, २०८३

नयाँ पार्टी खोल्नु नाङ्लोमा पसल राखे जस्तो होइन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन्।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन्।

शनिबार बानेश्वरमा कुमाले धारा मर्मत–सम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका हुन्।

देश विकास गर्न पुराना पार्टी कांग्रेस र कम्युनिस्टलाई नै गाह्रो परिरहेका बेला नयाँ पार्टीको भूमिका समेत नहुने उनको टिप्पणी छ।  ‘यहाँ पुराना दलहरूले केही गर्न सकेनन् भने अरू कसले गर्न सक्ला? गर्न सकेन भनेर कराउने अधिकार कसले दियो? त्यही पुराना दल कांग्रेसले नै नेतृत्व गरेर जनआन्दोलनबाट मौका पाएको होइन?,' नेता सिंहले रविन्द्र मिश्रप्रति इङ्गित गर्दै भने।

उनले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनुजस्तो नभएको बताए। स्थापना गरेको दलललाई एक वर्ष टिकाउन नसक्नेहरूले परिवर्तनको नारा दिँदैमा परिवर्तन नहुने उनको जिकिर छ। 

'पुराना दललाई त जनतालाई चित्त बुझाउन धौ-धौ भइरहेको छ भने नयाँ दलले गर्छौ भनेर गर्न सकिन्छ र? परिवर्तनको नारा बोकेर आएको दलले आफूलाई नै सम्हाल्न सकेन। राजनीति सजिलो छैन। पार्टी खोल्ने भनेको नाङ्लोमा पसल खोलेको जस्तो होइन,' उनले भने।

प्रकाशित: Sep 10, 2022| 12:51 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...