बिहीबार, साउन २१, २०८३

यसपालि पार्टीगत नभई गठबन्धन–गठबन्धनबीच चुनाव : नेता खनाल

आफूलाई कुनै पदको लोभ नभए पनि राष्ट्रले मागे जिम्मेवारी वहन गर्न तयार रहेको पूर्वप्रधानमन्त्री खनालको तर्क।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी ४ मंसिरको प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय आइतबारसम्म टुंगिने दाबी गरेका छन्।

समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको पत्रकार भेटघाटमा नेता खनालले सहमतिको ९० प्रतिशत कोर्स पूरा भएको बताएका हुन्। 

खनालले आउँदो चुनाव रोचक हुने धारणा राखे। उनले भने, एमाले, राप्रपा र पाँच दलीय गठबन्धन। यसपालि गठबन्धन–गठबन्धनबीच अर्को चुनाव हुनेवाला छ। गठबन्धनबीच सहमति भएलगत्तै चुनावी मैदानमा निस्कन्छौं।’

मुलुकमा वाम एकता इतिहासदेखि अहिलेसम्म उत्तिकै आवश्यक रहेको उनको भनाइ छ। २०४८ मा आफूहरूले एक वाम एक ठाम  अभिप्राय लिए पनि त्यतिबेला सफल हुन नसकिएको उनले सुनाए। 

अहिले विवादमा परेको नागरिकता विधेयक तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामै बनेको नेता खनालले दाबी गरे। विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाप्रति उनले असन्तुष्टि जनाए। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफूलाई कुनै पदको लोभ नभए पनि राष्ट्रको आवश्यकताअनुसार जिम्मेवारी वहन गर्न तयार रहेको धारणा व्यक्त गरे। आगामी चुनावमा माओवादीसँग कार्यगत एकता गरिने उनको भनाइ छ। 


प्रकाशित: Sep 10, 2022| 12:22 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...