बिहीबार, साउन २१, २०८३

बोलाइयो महाभियोग सिफारिस समिति बैठक

संसद्को कार्यकाल २ असोजदेखि सकिने हुँदा महाभियोग सिफारिस समितिको छानबिन के हुने भन्नेमा अन्योल।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छानबिन गर्न बनेको महाभियोग सिफारिस समितिको बैठक बोलाइएको छ। बैठक साढे १२ बजे  सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बोलाइएको हो। 

समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग तीन दिनमा ११ प्रश्नको जवाफ मागेको छ। थप ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाभियोग सिफारिस समितिका सभापति तथा कांग्रेस सांसद रामबहादुर विष्टले बताए।

समितिमा ११ सदस्य छन्। संसद्ले महाभियोगमाथि छानबिन गरेर प्रतिवेदन बुझाउन तीन महिने समय पाएको छ। संसद्को कार्यकाल सकिनै लागेकाले समितिले एक महिना पनि काम गर्न नपाउने अवस्था छ। संसद्को कार्यकाल २ असोजदेखि सकिने हुँदा महाभियोग सिफारिस समितिको छानबिन के हुने अझै प्रस्ट भएको छैन।

प्रकाशित: Sep 10, 2022| 11:29 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...