सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सफा बन्दै विराटनगर, सरसफाइ नै ठाउँको पहिलो पहिचान भएको मेयर कोइरालाको भनाइ

सफा बन्दै विराटनगर, सरसफाइ नै ठाउँको पहिलो पहिचान भएको मेयर कोइरालाको भनाइ

विराटनगर प्रदेशको राजधानी हो। प्रदेश १ को एक मात्र महानगरपालिकामा दैनिक ७० टन हाराहारीमा फोहोर निस्कने गरेको छ। चाडपर्वका समयमा झण्डै ९० टन हाराहारी पुग्छ। दैनिक रूपमा फोहोर बढ्दै गइरहेको अवस्था छ।
 |  शनिबार, भदौ २५, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, भदौ २५, २०७९

विराटनगर- विराटनगर प्रदेशको राजधानी हो। प्रदेश १ को एक मात्र महानगरपालिकामा दैनिक ७० टन हाराहारीमा फोहोर निस्कने गरेको छ। चाडपर्वका समयमा झण्डै ९० टन हाराहारी पुग्छ। दैनिक रूपमा फोहोर बढ्दै गइरहेको अवस्था छ। 

triton college

फोहोरको मात्रै बढ्दै गएपछि विराटनगर महानगरपालिकाले नगरका चोक, गल्लीहरूमा दुर्गन्ध नफैलियोस् भनेर सरसफाइको जागरण अभियान सुरु गरेको छ। कार्यपालिका बैठकबाटै निर्णय गरेर नगरपालिकाले अभियान सुरुवात गरेको हो। 

भदौ पहिलो साता महानगर प्रमुख नागेश कोइरालाले अभियानको सुरुवात गरेका थिए। पहिलो पटक विराटनगर रथयात्रालाई केन्द्रित गरेर सफाइ अभियानको थालनी गरिएको थियो। 

प्रमुख कोइरालाले कुनै पनि ठाउँको पहिचान भनेको सफाइ भएको बताए। बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहोर देखे भने उनीहरूमा नकारात्मक असर पर्ने उनको भनाई छ। 

महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्ध रूपमा लागेको बताउँदै मन्दिर, मज्जिद र सार्वजनिकस्थलमा भिख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिएको उनको भनाइ थियो। 

corrent noodles
Metro Mart

महानगरका १९ वटा वडालाई ३ भागमा वर्गीकरण गरेर अभियान चलाइएको छ। उत्तरी क्षेत्र, मध्य क्षेत्र र दक्षिणी क्षेत्र गरेर हरेक साताको शुक्रबार बिहान ७ बजेदेखि साढे ८ बजे सम्म अभियान सञ्चालन हुने गरेको महानगरका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताए।  

अभियान सुरु भएपछि हरेक साता सहभागिता बढ्दै गएको उनले बताए। उनका अनुसार तीन क्षेत्रमा एकै पटक अभियान सञ्चालन गर्ने गरिएको छ। तीनै वटै क्षेत्रमा महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नेतृत्व लिँदै आएको प्रधानको भनाई छ। 

विराटनगर महानगरपालिकामा दैनिक सरदार ७०  टन बढी फोहोर निस्कने गरेको उनले बताए। प्रधानले भने,‘ दैनिक ७० देखि ८० टन हाराहारीमा फोहोर निस्कन्छ।’ चाडपर्वका समय दैनिक झण्डै ९० टन हाराहारीमा पुग्ने गरेको उनको भनाई छ। विराटनगर महानगरपालिकाले सफाइ अभियान सुरु गरेपछि विभिन्न क्षेत्रका व्यक्तिहरूको स्वतस्फुर्तरुपमा सहभागिता बढ्दै गएको प्रधानले बताए।

महानगर उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा विराटनगर बसपार्क क्षेत्रमा शुक्रबार (आज) गरिएको सफाइ अभियानमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख टंक गौतम लगायतका विभिन्न व्यक्तिहरू सहभागी भएका थिए। 

प्रमुख जिल्ला अधिकारी दाहाल अभियान सुरु भएदेखि अन्त्य सम्म नै झाडु लिएर सफाइ अभियानमा सहभागी भएका थिए। उनले अभियानका कारण नगरलाई स्वच्छ बनाउन सकिने बताए। उनले अभियानलाई निरन्तर सञ्चालन गरिराख्नुपर्ने बताए। 

उपप्रमुख कार्की झाडु लगाउँदै सडक सफाइमा लागेपछि स्थानीयबासीहरूले उनलाई साथ दिएका थिए। सफाइ अभियानले स्थानीयबासीमा जागरण ल्याएको उपप्रमुख कार्कीले बताइन। उनले भनिन्,‘ अभियान निरन्तर चल्ने छ।’ सडक सफाइ सुरु भएपछि सहभागिता बढ्दै जानुले थप हौसला मिलेको उनले बताइन्।  

विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले हरेक साता गरिने सफाईं अभियानले स्थानीयमा जागरण ल्याउने बताए। अभियान टोल-टोल, गल्ली-गल्ली पुग्ने उनको भनाई छ।

विराटनगरको सफाइमा तीनवटा संस्थाले काम गर्दै आएका छन्। उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा उनीहरूले फोहोर व्यवस्थापनको काम गर्दै आइरहेका छन्। जनप्रतिनिधि सहित सहभागी सरसफाइ अभियान प्रभावकारी भएको स्वास्थ्य  र शान्तिका लागि वातावरण नेपालका अध्यक्ष कृष्ण तिम्सिनाले बताए।

सफाइ अभियानले निरन्तरता पाउने सके परिणाम देखिने प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे बताउँछन्। आफ्नो कार्यकालमा सिंघिया खोला सफाइ अभियान सञ्चालनले महानगरबासीमा जागरण आएको उनले बताए। 

अभियानमा सरकारी, गैरसरकारी, स्वयंसेवी संस्थाहरूको उल्लेख्य साथ रहेको उनले बताए। पूर्व मन्त्री घिमिरेले भने,‘ मन्त्रालयबाट मैले बिदा लिएसँगै अभियान पनि रोकियो।’ अभियान जसले सञ्चालन गरे पनि पछि आउने नेतृत्वले निरन्तरता दिनुपर्ने उनको भनाई छ।

प्रकाशित: Sep 10, 2022| 10:34 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।