आइतबार, फागुन १७, २०८२

दार्चुलाको नौगाड पहिरोमा दुईको मृत्यु, पाँच जना बेपत्ता

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका-१ सल्ला भन्ने ठाउँमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका-१ सल्ला भन्ने ठाउँमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ३७ वर्षीया चिमडी ठगुन्ना र १३ वर्षीया मती ठगुन्ना रहेका छन्।

घरमाथिबाट आएको पहिरोमा परि दुवै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

यस्तै पहिरोमा परेर पाँच जना घाइते भएका छन्।  घाइते हुनेमा बीरा ठगुन्ना, फागुनी ठगुन्ना, रम्भा ठगुन्ना, महामती ठगुन्ना र पावर्ती ठगुन्ना रहेका छन्।

पहिरोका कारण ८ घर पुरिएका छन्। पहिरो पन्छाउन सुरक्षाकर्मीसहितको टोली अहिले घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ।

यता दार्चुला सदरमुकामस्थित महाकाली र लास्कु नदीमा आएको बाढीले १४ घर बगाएको छ।

kumari

प्रकाशित: Sep 10, 2022| 09:50 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।