काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर रायले पार्टी परित्याग गरेका छन्। उनी राप्रपा नेपाल परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन्।
अध्यक्ष ओली निवास बालकोट पुगेर राय एमाले प्रवेश गरेका हुन्। रायलाई ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन्।
सल्यान जिल्लाको शारदा नगपालिका वडा नम्बर ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए।
एमाले पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाहको उपस्थितिमा पार्टी प्रवेश गराइएको एमालेले जनाएको छ।