दार्चुला- दार्चुला सदरमुकाममा लास्कु खोलाको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीमा परी चार जना बेपत्ता छन्।
सदरमुकाम खलंगाको बाङ्गाबगड क्षेत्रमा ११ वटा घर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाढीले एक झोलुङ्गे पुल र एक पक्की पुल पनि बगाएको स्थानीयले बताएका छन्। लास्कु खोलामा पहिला झोलुङ्गे पुल थियो, त्यसैको ठाउँमा पक्की पुल बनिरहेकोमा त्यही पुल बगाएको प्रहरी निरीक्षक जगत गाहाले बताए।
खोलाको बीचमा फसेका केही मानिसलाई अहिले सुरक्षाकर्मीले उद्धार गरिररहेका छन्। प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। बाढीले गरेको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।