आइतबार, जेठ ३१, २०८३

काठमाडौं-२ बाट प्रकाश अधिकारीको स्वतन्त्र उमेदवारी घोषणा

काठमाडौं क्षेत्र २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- काठमाडौं क्षेत्र २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्। अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं २ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गरेका हुन्।

National life

कानुन व्यवसायीसमेत रहेका उनले आफूमा नयाँ व्यवस्थाबारेको भिजन, मिसन र एक्सन रहेको बताएका छन्। मूलधारका राजनीतिक दलमा निराशाजनक कार्यसम्पादन रहेको भन्दै प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उमेदवार बन्ने घोषणा उनले बताएका छन्। 

संसदलगायत राज्यको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाको खडेरी रहेको अवस्थामा आफ्नो उमेदवारीले वर्तमान संसदीय व्यवस्थाभित्रका विकृतीका बारेमा विरोध गर्ने उनको भनाइ छ। 

राज्यको नीति निर्माणको तहमा कानुनी ज्ञान भएको व्यक्ति आवश्यक पर्ने उनले जिकिर गरेका छन्। काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै क्षेत्र हो।

प्रकाशित: Sep 10, 2022| 08:38 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...