बिहीबार, साउन २१, २०८३

प्रचण्डको नाम गुल्मीबाट पनि सिफारिस

गुल्मीको क्षेत्र नम्बर १ बाट पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

गुल्मी- गुल्मीको क्षेत्र नम्बर १ बाट पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ। 

अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने बताउँदै पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले उनको नाम सिफारिस गरिएको बताए। 

प्रचण्डसहित नेता पुनाराम ज्ञवालीको नाम प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सिफारिस गरिएको छ।

उक्त निर्वाचन क्षेत्रको प्रदेश (क) मा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य श्रृजना तरामु मगर र कालिगण्डकी गाउँपालिका अध्यक्ष लिलबहादुर केसी प्रदेश सदस्य उमेदवारमा सिफारिस भएका छन्।

प्रदेश सभातर्फ १ को (ख) बाट जिल्ला पार्टी सचिव अशोक थापा (मुक्ती)  जिल्ला सदस्य रामचन्द्र कँडेल र वाईसीएल अध्यक्ष अशोक श्रेष्ठ सिफारिसमा परेका छन्।

गुल्मी क्षेत्र नम्वर २ बाट नेता भीमकान्त भण्डारी, बीरबहादुर कार्की र निमबहादुर पाण्डे सिफारिस भएका छन्। त्यस क्षेत्रको प्रदेश (क) मा खुमबहादुर थापा, ठाकुर पाण्डे र दुर्गा बिक सिफारिस भएका छन्। (ख)  बाट बुद्धि जिसी, विनिता रोका पोखरेल र गोपाल कुँवर सिफारिस भएका छन्।

प्रकाशित: Sep 10, 2022| 07:02 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...