धनगढी- कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ। गोदावरी नगरपालिका ८ खुटिया नदीमा शुक्रबार राति ८ बजेतिर नुहाउने क्रममा नदीले बगाउँदा सोही ठाउँका १४ वर्षीय रोहित गुरुङको मृत्यु भएको हो।
गुरुङलाई नदीले बगाएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट स्याउलेबाट तीन जनाको प्रहरी टोलीले खोज तलास गर्दा नदीबाट अन्दाजी १५० मिटर दक्षिण नदीको किनारमा मृत अवस्थमा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्रराज पाण्डेयले बताए।
मृतक गुरुङको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाइ छ।