आइतबार, जेठ ३१, २०८३

पाकिस्तानमा बाढीका कारण २४ घण्टामा ३६ जनाको मृत्यु

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

इस्लामावाद- पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

National life

एनडीएमएले बिहीबार राति सार्वजनिक गरेको एक रिपोर्टअनुसार बाढीका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी कम्तीमा १५ जना बालबालिका र छ जना महिलाको मृत्यु भएको छ। 

देशको दक्षिणी सिन्ध प्रान्तमा ३५ जनाको मृत्यु भएको छ भने उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाइका छन्। पाकिस्तानका विभिन्न भागमा यो अवधिमा २६ हजार ६५२ घर नष्ट हुनुका साथै एक हजार ५२१ पशुचौपाया मरेका छन्।

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण जुन महिनाको मध्यदेखि अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३९१ पुगेको छ भने १२ हजार ७२२ जना घाइते भएका छन्। यसबाहेक १७ लाख ३९ हजार १६६ घर नष्ट भएका छन् भने सात लाख ५४ हजार ७०८ पशुचौपाया वर्षाका कारण मरेका छन्।

एनडीएमएका अनुसार एक लाख ७७ हजार २६५ जनालाई उद्धार गरिएको छ भने छ लाख ६३ हजार ८ सय ६९ जना अहिले शिविरमा बसिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवक र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी राखिएको छ।

Shivam cement

प्रकाशित: Sep 10, 2022| 00:00 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।