बुधबार, फागुन २०, २०८२

उत्तर कोरियाद्वारा आणविक शक्ति नीतिसम्बन्धी कानुन जारी

उत्तर कोरियाको सर्वोच्च जनसभाले आणविक शक्तिसम्बन्धी राज्यको नीतिसम्बन्धी कानुन बिहीबार पारित गरेको सरकारी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले शुक्रबार जनाएको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

प्योङयाङ- उत्तर कोरियाको सर्वोच्च जनसभाले आणविक शक्तिसम्बन्धी राज्यको नीतिसम्बन्धी कानुन बिहीबार पारित गरेको सरकारी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले शुक्रबार जनाएको छ।

उक्त कानुनले उत्तर कोरियाले आणविक युद्धलगायत सबै प्रकारका युद्धको विरोध गर्ने र शान्तिपूर्ण विश्व निर्माण गर्न चाहेको उल्लेख गरेको छ।

'उत्तर कोरियाको आणविक स्थिति विश्वसनीय, प्रभावकारी र परिपक्व आणविक प्रतिरोध, रक्षात्मक र जिम्मेवार आणविक शक्ति नीतिद्वारा प्रत्याभूत गरिएको छ,' केसीएनएले उल्लेख गरेको छ। 

आणविक शक्तिसम्बन्धी उत्तर कोरियाको नीतिको उद्घाटन र आणविक हतियारको प्रयोगको कानुनी शर्तको उद्देश्य आणविक हतियार राष्ट्रहरूबीच गलत अनुमान र आणविक हतियारको दुरुपयोगलाई रोक्दै आणविक युद्धको खतरालाई अधिकतम रूपमा कम गर्नु हो।

आणविक शक्तिलाई ‘राज्यको रक्षा क्षमताको मेरुदण्ड’ को रूपमा वर्णन गर्दै केसीएनएले भनेको छ, 'उत्तर कोरियाले देश र जनताको सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने बाह्य आक्रमण र आक्रमणको सामना गर्न अन्तिम माध्यमको रूपमा आणविक हतियारको प्रयोग गर्ने आफ्नो मुख्य सिद्धान्तको रूपमा लिनेछ।'

kumari

प्रकाशित: Sep 10, 2022| 05:05 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।