बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघका प्रमुखद्वारा जलवायु परिवर्तनबारे ‘उदासिन’ नबन्‍न विश्व समुदायसँग आग्रह

राष्ट्रसंघका प्रमुखद्वारा जलवायु परिवर्तनबारे ‘उदासिन’ नबन्‍न विश्व समुदायसँग आग्रह

भ्रमणका क्रममा पाकिस्तानी बाढी प्रभाबित क्षेत्रका जनता र पाकिस्तानप्रति सहानुभूति प्रकट गर्दै उहाँले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिएका छन्।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विनाशकारी मनसुनी बाढीबाट प्रभावित लाखौं मानिसका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गरेका छन्। भ्रमणका क्रममा पाकिस्तानी बाढी प्रभाबित क्षेत्रका जनता र पाकिस्तानप्रति सहानुभूति प्रकट गर्दै उहाँले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिएका छन्। 

गुटेरेसले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जलवायु परिवर्तनप्रति विश्वले ध्यान नदिएकोमा दुःख व्यक्त गर्दै भने, 'यो पागलपन हो, यो सामूहिक आत्महत्याको बाटो हो।'

गुटेर्रेसले शनिबार दक्षिणको बाढी प्रभावित क्षेत्रको भ्रमण गर्नुका साथै युनेस्कोले घोषणा गरेको सदियौं पुरानो विश्व सम्पदा क्षेत्र मेहोंदोजारोको पनि भ्रमण गर्ने बताइएको छ। 

पाकिस्तानको एक तिहाइ भूभागमा आएको बाढीले बालीनाली सखाप पार्नुका साथै घर, व्यवसाय, सडक र पुलहरू ध्वस्त पार्दा करिब एक हजार ४०० जनाको मृत्यु भएको छ। पाकिस्तानले पुनर्निर्माण र मर्मतका लागि कम्तीमा १० अर्ब अमेरिकी डलर खर्च हुने बताएको छ, जुन अत्यन्त ऋणमा डुबेको राष्ट्रका लागि असम्भव रकम हो। यद्यपि अहिलेकोपाकिस्तानको प्राथमिकता तीन करोड ३० लाख प्रभावितका लागि खाना र आवास हो।

गुटेर्रेसले पाकिस्तानले दशकौंदेखि छिमेकी अफगानिस्तानबाट आएका लाखौं शरणार्थीलाई ठूलो मूल्य चुकाएर स्वागत गर्दै अरुप्रति सधैं उदारता देखाएको उल्लेख गर्दै आफ्नो भ्रमणले अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने विश्वास व्यक्त गरे।

kumari

पाकिस्तानमा वार्षिक मनसुनी मौसममा भारी वर्षा हुन्छ, जुन कृषि र पानीको आपूर्तिका लागि महत्वपूर्ण पनि हुन्छ। तर यस वर्षको जस्तो तीव्र वर्षा दशकौंदेखि देखिएको छैन र यसलाई पाकिस्तानी अधिकारीहरूले जलवायु परिवर्तनको समस्या भनेका छन्। जलवायु परिवर्तनले गर्दा विश्वभरि चरम मौसमको आवृत्ति र तीव्रता बढाइरहेको छ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको एक प्रतिशतभन्दा कमका लागि पाकिस्तान जिम्मेवार छ, तर गैरसरकारी संस्था जर्मनवाचले जलवायु परिवर्तनका कारण हुने चरम मौसमको जोखिममा रहेका देशहरूको सूचीमा आठौँ स्थानमा छ।

प्रकाशित: Sep 10, 2022| 05:40 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।