बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनी सेनाले रुसी सेनामाथि प्रहार गर्ने बममा लेखे - महारानी एलिजाबेथ 'रेस्ट इन पिस'

युक्रेनी सेनाले रुसी सेनामाथि प्रहार गर्ने बममा लेखे - महारानी एलिजाबेथ 'रेस्ट इन पिस'

रुसी सेनालाई निशाना लगाउन तयारी अवस्थामा राखिएका बममा लेखिएको छ, 'आर.आई.पी क्‍विन एलिजावेथ, किप काम एन्ड क्यारी अन' (महारानी एलिजावेथलाई चिर शान्तिको कामना, धैर्यता भएर अघि बढ्नुस्।)
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

किभ- युक्रेनी सेनाले रुसी सेनामाथि प्रहार गर्न तयारी अवस्थामा राखेका बममा बेलायती महारानी एलिजावेथको निधनप्रति श्रद्धाञ्‍जली लेख्दै गर्दै 'चिर शान्तिको कामना' गरेका छन्। 

रुसी सेनालाई निशाना लगाउन तयारी अवस्थामा राखिएका बममा लेखिएको छ, 'आर.आई.पी क्‍विन एलिजावेथ, किप काम एन्ड क्यारी अन' (महारानी एलिजावेथलाई चिर शान्तिको कामना, धैर्यता भएर अघि बढ्नुस्।)

सन् १९३९ मा दोस्रो विश्‍वयुद्धताको तयारीका समयमा पनि तयार पारिएका पोस्टरहरुबाट सिको गरिएको जनाइएको छ। अन्य बममा युक्रेनी भाषामा लेखिएको छ, 'महारानीप्रति सम्मान।' अर्कोमा लेखिएको छ, 'एलिजावेथ।'

युक्रेनी सेना भएको दाबी गर्ने एक व्यक्तिले उक्त तस्बिरहरु आफ्नो ट्विटरमार्फत साझा गरेको छ। किभको हवाई ब्रिगेडका ती सेनाले लेखेका छन्, 'एक महान राष्ट्रको महत्वपूर्ण नेतृत्वप्रति युक्रेनी सेनाले ईमानदारीपूर्वक कृतज्ञता र सम्मान व्यक्त गरेका छन्।' 

बेलायती महारानीको ९६ वर्षको उमेरमा बिहीबार निधन भएपछि विश्‍वभरबाट श्रद्धाञ्‍जली अपर्ण गरिएको छ। महारानी एलिजावेथ बेलायतमा सबैभन्दा बढी ७० वर्ष शासन सत्तामा रहकी व्यक्ति हुन्। उनको निधनपछि चार्ल्सलाई राजा घोषणा गरिएको छ। 

kumari



प्रकाशित: Sep 09, 2022| 22:11 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।