आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिट बाँडफाँटका कार्यदल असफल भएपछि झलनाथले भने - माओवादीसँग कार्यगत एकता हुन्छ

सिट बाँडफाँटका कार्यदल असफल भएपछि झलनाथले भने - माओवादीसँग कार्यगत एकता हुन्छ

प्रतिवेदन बुझाएपछि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नै सिट बाँडफाँट टुंग्याउने बताएका थिए। तर, शुक्रबार पनि सिट बाँडफाँटको कुनै टुंगो लाग्‍न सकेन।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन। सिट बाँडफाँट नै नगरी कार्यदलले बिहीबार शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको छ। 

National life

प्रतिवेदन बुझाएपछि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नै सिट बाँडफाँट टुंग्याउने बताएका थिए। तर, शुक्रबार पनि सिट बाँडफाँटको कुनै टुंगो लाग्‍न सकेन। 

यही समयमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन्। 

समाजवादी प्रेस संगठनले शुक्रबार साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्‍न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल  भए पनि एकता नहुने स्पष्ट पारे। 

उनले भने, 'विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन।'

Shivam cement

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले आफू सधैँ वामगठबन्धन र  कम्युनिष्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गरे।

सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने बताए। सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए। उनले भने, 'देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउनु आवश्यक छ।'


प्रकाशित: Sep 09, 2022| 22:30 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...