आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले फुटाउने र अर्थमन्त्री शर्मालाई सफाइ दिनेलाई तह लगाउछौँ : महेश बस्नेत

एमाले फुटाउने र अर्थमन्त्री शर्मालाई सफाइ दिनेलाई तह लगाउछौँ : महेश बस्नेत

नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको पनि बताए।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

भक्तपुर- नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दावी गरेका छन्। 

National life

शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले यस्तो दावी गरे। उनले एमाले फुटाउने कर्ममा लागेका फटाहा र अपराधकर्ममा लिप्त रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाई दिई फेरि अर्थमन्त्री बनाउने अभियानमा संलग्नहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनीसमेत दिए। 

नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको पनि बताए। 

‘मंसिर ४ गते पछाडि नेकपा (एमाले) फेरि सरकारमा आउँदैछ। त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ। एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ। र, त्यस काममा युवा संघ, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। अनि एमाले फुटाउनका लागि अर्थ मन्त्रालयका सिसीटिभी फुटेज लुकाउन लाग्छ,' शर्माले भने, 'गृह मन्त्रालय पनि लुकाउन लाग्छ। छानवीन आयोग सफाई आयोगमा परिणत हुन्छ। अनि सफाई दिएर जनार्दन शर्मालाई फेरी अर्थमन्त्री बनाईन्छ। किन एमाले विरुद्ध गठबन्धन? एमालेले विकास गर्छ । यो धर्तीमा विकास गर्नु हुन्न। त्यही भएर गठबन्धन। एमाले राष्ट्रियताको पक्षमा छ। यो धर्तीमा राष्ट्रियता समाप्त पार्नुपर्छ । त्यही भएर गठबन्धन । एमाले जनताको जीविकाको पक्षमा छ। गठबन्धन भ्रष्टाचारलाई प्रश्रय दिन्छ। त्यही भएर गठबन्धन।’  

नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोप समेत लगाएका थिए। 

Shivam cement

प्रकाशित: Sep 09, 2022| 18:52 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...