शुक्रबार, भदौ ५, २०८३

संसदीय सुपरीवेक्षणबारे छलफल र अनुभव आदानप्रदान

नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्सको आयोजनामा तीन दिने संसदीय सुपरीवेक्षण तथा छलफल र अनुभव आदानप्रदान कार्यशाला काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्सको आयोजनामा तीन दिने संसदीय सुपरीवेक्षण तथा छलफल र अनुभव आदानप्रदान कार्यशाला काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ। 

सुरक्षा र सुसाशनसम्बन्धी काम गर्दै आइरहेको एनसीएसजी संस्थाले प्रतिनिधिसभा एवं प्रदेश सभाका सदस्यहरुका लागि कार्यशाला आयोजना गरेको हो। कार्याशालामा अन्तर्राष्ट्रिय संसदीय सुपरिवेक्षण अभ्यास र सुरक्षा क्षेत्रको अवस्था र अनुभवका बारेमा छलफल भएको थियो। 

कार्यशालमा सहभागी संघीय तथा प्रदेश सभाका सांसदहरुले संसदीय अभ्यास र त्यसको सुपरिवेक्षण अवस्थाका बारेमा आफ्नो अनुभव प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेलले मानव केन्द्रित वा राज्य केन्द्रित सुरक्षाको अवधारणाका साथै नेपालको भूराजनीति र दक्षिण एशियासँगै विश्वका बारेमा प्रकाश पारेकी थिइन्। 

कार्याशालामा विभिन्न पाँच वटा चरणमा विभाजन गरेर छलफल भएको थियो। कार्यशालामा नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाह, अवकाश प्राप्त रथी नेपालभुषण चन्द, उपरथी पूर्ण बहादुर सिलवाल, प्रतिनिधिसभा सदस्य एवं सुरक्षाविज्ञ डा. दीपक प्रकाश भट्ट र अधिवक्ता गोविन्द बन्दीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा सुशासनका विषयमा रहेको सिद्धान्त तथा अभ्यास र त्यसको संसदीय सुपरिवेक्षण कसरी भइरहेको छ भन्ने बारेमा प्रस्तुतीकरण गरेका थिए। 

सातवटा प्रदेशबाट दुई जनाका हिसाबले सहभागी भएका प्रदेश सभा सदस्य एवं प्रतिनिधिसभाका तीनजना सांसदले आफ्नो सिकाइका बारेमा जानकारी गराएका थिए भने सुरक्षा सुशासनको क्षेत्रमा संसदीय हिसाबले भइरहेको कामका बारेमा आफ्नो विचार प्रस्तुत गरेका थिए। 

कार्यशालाका क्रममा सुरक्षा सम्बन्धी विभिन्न ऐन नियम तथा विधेयकका बारेमा पनि प्रदेशका सांसदहरुले जानकारी प्रस्तुत गरेका थिए। नेपाल प्रहरी सम्बन्धी प्रदेश सरकारले बनाउने विधेयक लगायतका बारेमा पनि सम्बन्धित प्रदेशका सांसदहरुले धारणा राखेका थिए। 


प्रकाशित: Aug 09, 2021| 13:52 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...