बुधबार, वैशाख १२, २०८१

बीपीको बालमनोविज्ञान, जसले मलाई बनायो डाक्टर

‘पढ्न असाध्यै ग्राह्रो लाग्ने मलाई ज्योति दाइको खेती कर्मले खेतीपातीमा लाग्न हौसाएको थियो। तर बीपीले खेतीपाती गरेर पैसा कमाए पनि अरू दाजुभाइ, दिदीबहिनीहरूले पढेर ठूला मान्छे बन्ने र तँ तरकारी बोक्ने, किचनमा आमालाई सहयोग गर्ने हुनेछस् भनेपछि मेरो चेत खुल्यो। बीपीको सम्झाइले मलाई अध्ययन अगाडि बढाउन हौसाएको परिणाम अहिले आँखाको डाक्टर हुन सकें।
 |  शुक्रबार, भदौ २४, २०७९

डा. शशांक कोइराला

डा. शशांक कोइराला

शुक्रबार, भदौ २४, २०७९

म कक्षा २ मा पढ्थें, पटनाको सेन्टजेभियर्स स्कुलमा। त्यो बेला बीपी कोइराला जेलमा हुनुहुन्थ्यो। कक्षामा साथीहरूमाझ आफ्नो अभिभावकबारे सोधीखोजी हुन्थ्यो। सोधीखोजी गर्ने क्रममा साथीहरूका बीचमा सोधासोध भयो, तिम्रो बाबा के गर्नुहुन्छ भनेर? मैले भनें, ‘मेरो बाबा जेलमा हुनुहुन्छ।’ अनि, साथीहरूले मलाई जिस्काउन थाले।

triton college

जेलमा चोरी, डाँका अनि खराब मान्छेलाई राखिन्छ भन्ने थियो। साथीहरूले जिस्काउन थालेपछि म रुन थालें। त्यहाँका एक शिक्षकले मलाई आफ्नो काखमा राखेर भन्नुभयो, ‘तिम्रो बुबा त ठूलो मान्छे हो। आफ्ना लागि होइन, देशका लागि, जनताका लागि बोल्नुभयो। त्यस कारण उहाँलाई जेलमा राखिएको हो।’ उहाँ ठूलो मान्छे हो भनेर मलाई मेरो पिताजीका बारेमा ती शिक्षकले जानकारी दिएका हुन्। त्यसपछि मलाई पनि लाग्यो, मेरो बाबा त साँच्चै ठूलो मान्छे हुनुहुँदो रहेछ भन्ने। 

अर्को, बीपी साँच्चै विद्वान् भन्ने मलाई केटाकेटी अवस्थामै लागेको थियो। हरेक विषयमा ८० भन्दा माथि अंक आयो भने राम्रो मानिन्थ्यो। तर त्यो बेला मेरो ५ वटा विषयमा अत्यत्नै न्यून अंक आएको थियो। मलाई पढ्न साह्रै मन परिरहेको थिएन। त्यही बेला हाम्रो ज्योति दाइ (तारणीप्रसाद कोइरालाका छोरा) विराटनगरमा खेती गर्न लाग्नुभएको थियो। उहाँले विराटनगरमा खेतीमा चमत्कारै गर्नुभएको थियो। आम्दानी पनि मनग्य थियो। पैसा पनि धेरै कमाउनुभएको थियो। परिवारमा ज्योति दाइले खेती गरेर पैसा कमाएको विषयमा चर्चा चल्थ्यो। यो ३०–४० वर्ष पहिलाको कुरा हो। 

‘पढ्न असाध्यै ग्राह्रो लाग्ने मलाई ज्योति दाइको खेती कर्मले खेतीपातीमा लाग्न हौसाएको थियो। तर बीपीले खेतीपाती गरेर पैसा कमाए पनि अरू दाजुभाइ, दिदीबहिनीहरूले पढेर ठूला मान्छे बन्ने र तँ तरकारी बोक्ने, किचनमा आमालाई सहयोग गर्ने हुनेछस् भनेपछि मेरो चेत खुल्यो। बीपीको सम्झाइले मलाई अध्ययन अगाडि बढाउन हौसाएको परिणाम अहिले आँखाको डाक्टर हुन सकें।

विराटनगरमा १२५ बिघा खेती थियो। त्यहाँ उखु लगाउने गरिन्थ्यो। उखु एक पटक रोपेपछि सधैं हुने। दुःख पनि गर्नु नपर्ने, काट्ने बेला अखु मिललाई जिम्मा दिए भइहाल्थ्यो। १२५ बिघाको उखुको पैसा ६० हजार जति आउँथ्यो। ज्योति दाइ जम्मु काश्मिरबाट इन्जिनिर भएर नेपाल आउनुभएको हो। उहाँ त्यहाँको गोल्डमेडलिस्ट हो। नेपाल आए पनि उहाँले ८ सय रुपैयाँको जागिर पाउनुभयो। त्यो जागिर नखाएर ज्योति दाइले खेती गर्न थाल्नुभएको हो। उहाँले खेती गरेर आफ्नो भागमा परेको २५ बिघाबाट ७ लाख रुपैयाँ कमाउनुभएको थियो।

मलाई पढ्न मन लागिरहेको थिएन। ज्योति दाइले खेती गरेर धेरै पैसा कमाएको घरपरिवारमा चर्चाको विषय बनेको थियो। अनि मलाई पनि पढ्नुभन्दा खेती गर्न मन लाग्यो। मैले बीपीसामु गएर पनि ज्योति दाइको जस्तो खेती गर्छु भनें। बीपीले ठीक छ, राम्रो भन्नुभयो।  उहाँले भन्नुभयो, ‘मैले त कहिल्यै पैसा कमाइनँ। मैले पैसा कमाउन पनि सकिनँ। परिवार पाल्न पनि समस्या छ। तैँले खेती गरिस् भने परिवार पाल्छस्, पैसा पनि कमाउँछस्।’ 

corrent noodles
Metro Mart

वीपी कोइराला

उहाँले ठीक छ, राम्रै हुन्छ भन्नुभयो। बीपीले मलाई भन्नुभयो, ‘ठीक छ, खेती गरेर तैँले पैसा त कमाउँछस् तर तँ कस्तो हुन्छस्, थाहा छ? धोती लगाएको, एक हातमा बाल्टी बोकेको। त्यो बाल्टीमा दूध, दही हुने अनि अर्को हातमा बोरा। त्यो बोरामा घिउ, चामल, दाल हुनेछ। तैँले खेतीबाट कमाएको पैसा त्यही धोतीको कतै बाँधेर ल्याएको हुनेछस्। त्यो बेला तँ तेरा दाइ, बहिनीहरूसँग कुरा गर्न, बोल्न सक्ने पनि हुँदैनस्। किनभने, दाइ, बहिनीहरू पढे–लेखेका हुनेछन्। तँ पढे–लेखेको हुने छैनस्। ऋनि किचनमा पुगेर त्यो धोतीमा बाँधेको पैसा झिकेर आमालाई दिनेछस्। त्यही आमालाई किचनको काम हुनेछ।’ 

बाबा बीपीले त्यो भनेपछि मलाई रातभर निद्रै लागेन। मलाई रातभर बीपीले भनेको धोती लाएर आएको मान्छे सम्झेर कल्पना गर्दै निद्रा लागेन। म आफूलाई बीपीले भनेको त्यो धोती लगाएको मान्छेसँग कल्पना गर्दा निदाउनै सकिनँ। पढ्न साह्रै समस्या मेरो दिमागमा थियो। सय प्रतिशत परिवर्तन भयो। बीपीले बालमनोविज्ञान बुझेर मलाई जसरी सम्झाउनुभयो, त्यही कारणले म पढ्नमा तल्लीन भएँ। आज आँखाको डाक्टर भएर प्रतिष्ठा कमाएँ।

प्रकाशित: Sep 09, 2022| 12:59 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...