आइतबार, जेठ ३१, २०८३

बिहे नेपाल–वेलकम इभेन्ट सम्झौता

क्लबमा प्रयोगकर्ताले तोकिएको सदस्यता शुल्क बुझाई आबद्ध हुन चाहे अनिवार्य आफ्नो ठेगाना, शिक्षालगायतका कागजात जाँच गरेपछि अन्य भीआईपी क्लब सदस्यसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवनसाथी भेट्याउन सक्नेछन्।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं– त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा वेलकम इभेन्ट म्यानेजमेन्टसँगको साइनिङ सेरोमनी सम्पन्न भएको छ। नेपाल विज्ञापन संघ (आन)का पूर्वअध्यक्ष तथा निर्मलराज पौडेलले भीआईपी क्लबको भिडियो उद्घाटन गरे।

National life

उक्त अवसरमा बिहे नेपालका निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टका रिजा पौडेलले समझदारीपत्रमा हस्ताक्षर गरे। बिहे नेपाल भीआईपी क्लबबारे संस्थाकी सञ्चालिका श्रीया कटुवालले जानकारी दिइन्। 

दुई इन्जिनियर दिदीबहिनी श्रद्धा र श्रीया मिलेर नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार गरेको कार्यक्रममा जानकारी दिइएको थियो। बिहे नेपाल एपमा नयाँ प्रिमियम सुविधाको प्रयोगमार्फत आफ्नो जीवनसाथीलाई खोज्ने यात्रालाई थप रमाइलो बनाउन अपग्रेड गरिएको छ। 

रावा सफ्टवेयरद्वारा २४ फेबु्रअरी २०२२ मा लन्च गरिएको बिहे नेपाल एपको प्रयोगमार्फत विश्वभरका अविवाहित नेपालीले उत्तम जोडीको खोजी गर्न सक्छन्। नयाँ एपमा लेआउट, भीआईपी क्लब एवं एपमार्फत इभेन्ट बुकिङ र बिहे नेपाल ब्ल्याक कार्डजस्ता नयाँ सुविधा थप गरिएको कम्पनीले बताएको छ।

क्लबमा प्रयोगकर्ताले तोकिएको सदस्यता शुल्क बुझाई आबद्ध हुन चाहे अनिवार्य आफ्नो ठेगाना, शिक्षालगायतका कागजात जाँच गरेपछि अन्य भीआईपी क्लब सदस्यसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवनसाथी भेट्याउन सक्नेछन्। बिहे नेपाल तथा वेल्कम इभेन्टबीच ८ सेप्टेम्बरमा सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।

Shivam cement

वेलकम इभेन्ट म्यानेजमेन्टले मेहेन्दी, हल्दी, संगीत कार्यक्रम र विवाह समारोहका लागि आवश्यक पर्ने क्याटेरिङ, फोटो एवं भिडियोग्राफी, डेस्टिनेसन वेडिङ तथा कुनै पनि प्रकारको कार्यक्रम बुक गर्न सक्ने सुविधा उपलब्ध गराउँदै आएको छ।

बिहे नेपालले बिहे नेपाल ब्ल्याक कार्ड लन्च गरेको छ। यसमा आबद्ध कम्पनीले बिहेको किनमेल, रेस्टुराँ, सवारी साधन, स्वास्थ्य, सौन्दर्य र सैलुन, फोटोग्राफीलगायत सेवा लिए उपहार र छुट प्राप्त गर्न सक्छन्।

प्रकाशित: Sep 09, 2022| 12:37 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्