काठमाडौं- विश्वेश्वर प्रसाद कोइरालाको १०९औं जन्मजयन्तिको अवसरमा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले सरसफाइ कार्यक्रमको आयोजना गरेको छ।
नेविसंघ त्रिविका नेता डण्डीराज जोशीले प्रथम जननिर्वाचित कोइरालाको स्मरण गर्दै सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताए।
सरसफाइपछि विद्यार्थीहरूले त्रिवि परिसरमा कार्यक्रम गर्दै वीपीको योगदानको चर्चा गरेका थिए। कार्यक्रममा नेविसंघका नेता बिष्णु बडैलाले वीपीले लोकतन्त्र र विधिको शासनकालागि खेलेको भूमिका अझै स्मरण योग्य रहेको बताए। उनले लोकतन्त्रको रक्षाकालागि अहिले पनि विधिको शासन चाहिएको बताए।
