बिहीबार, असोज ८, २०८३

बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो।

बिहीबार प्रतितोला ९३ हजार ८०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। बिहीबार ९३ हजार ३०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज ९३ हजार ४०० रुपैयाँ रहेको छ। 

यता, चाँदी भने प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार हुनेछ। यसअघि एक हजार १३५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेको महासंघले जनाएको छ।

प्रकाशित: Sep 09, 2022| 11:51 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्