शुक्रबार, जेठ १, २०८३

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ। 

National life

कोष सञ्चालक परिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार परिषद्का अध्यक्ष एवम् मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजारको बजेट प्रस्तुत गरेका थिए। बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ। 

पशुपति क्षेत्रमा बाला चतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ। शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताए। कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नानका लागि  पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। 

जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका  बहुमूल्य निधिको संरक्षण र सम्वर्द्धनलाई कोषले प्राथमिकता दिएको सदस्य–सचिव डा मिलनकुमार थापाले बताए। बैठकमा कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरु योजनालाई छिट्टै अन्तिम रुप दिने बारेमा पनि छलफल भएको थियो। गुरु योजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताए। 

पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले पशुपतिनाथमा लाग्ने मेला तथा दर्शन गर्न सहज र व्यवस्थित गर्नुपर्ने बताए। कोषका लागि चालु आर्थिक वर्षमा नेपाल सरकारबाट विभिन्न २६ पुँजीगत कार्यक्रम सञ्चालन गर्न रु २४ करोड विनियोजन भएको छ। कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि रु २० करोड ७० लाख पुँजीगत खर्चका लागि बजेट व्यवस्थापन गरिएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए।

प्रकाशित: Sep 09, 2022| 10:03 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।