बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निजी क्षेत्र विकासका लागि कर्जा सहयोग गर्न एसियाली विकास बैंकलाई अर्थमन्त्री शर्माको आग्रह

निजी क्षेत्र विकासका लागि कर्जा सहयोग गर्न एसियाली विकास बैंकलाई अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंकलाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन्।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंकलाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन्। 

एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए।  उनले भने, 'निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ।'  

नेपाल २०२६ सम्ममा अल्पविकसित देशबाट स्तरोन्नति हुने लक्ष्य राखेकाले यसमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण हुन्छ।  

उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेको बताउँदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता बैकल्पिक ऊर्जा उद्योगमा सहयोग गर्न अनुरोध गरे।

नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्र लगायतमा लगानी आवश्यक भएकोले एसियाली विकास बैंकको सहयोग आवश्यक रहेको उनले बताए।  

कोभिडको महामारीको बेला एसियाली विकास बैंकले गरेको सहुलियतपूर्ण ऋण र अनुदान सहयोगका लागि अर्थमन्त्री शर्माले आभार व्यक्त गरेका छन्। 

एसियाली विकास बैकका उपाध्यक्ष अशोक लाभाशाले एसियाली विकास बैंकले  नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्ने बताए। उनले  नेपाल सरकार र निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए। उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने आश्वासन उनले दिएका छन्।

प्रकाशित: Sep 09, 2022| 09:23 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्