आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एलिजाबेथको निधनले नेपालले एक महान् प्रशंसक गुमाएको छ : प्रधानमन्त्री देउवा

एलिजाबेथको निधनले नेपालले एक महान् प्रशंसक गुमाएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले उनको निधनको खबर पाउँदा आफूलाई धेरै दुःख लागेको बताएका छन्।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले उनको निधनको खबर पाउँदा आफूलाई धेरै दुःख लागेको बताएका छन्।

National life

ट्विटरमार्फत प्रधानमन्त्री देउवाले दिएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली जनताले रानीलाई मायापूर्वक सम्झन्छन् भनेका छन्।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, 'उहाँको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको छ, म राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

रानी एलिजाबेथ द्वितीयले सन १९६१ र १९८६ मा दुई पटक नेपालको औपचारिक राजकीय भ्रमण गरेकी थिइन्। त्यसैले नेपाल र नेपाली जनताले रानी एलिजाबेथलाई नेपालमा मायापूर्वक सम्झिने गरिएको प्रधानमन्त्रीको सन्देशमा समावेश छ। 

एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ। ७० वर्षदेखि बेलायतको महारानीको रुपमा रहेकी एलिजावेथ द्वितियाको बिहीबार निधन भएको हो। उनले सन् १९५२ मा राज्यरोहण गरेकी थिइन्। 

Shivam cement

महारानी एलिजाबेथ द्वितीया बाल्मोरलमा उपचारका क्रममा निधन भएको बीबीसीले जनाएको छ। 

सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो।

उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन्। पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन्। 

दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथले गद्दी आरोहण गरेकी थिइन्। करिब १२० देशको भ्रमण गरेकी एलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी थिइन्। 

१६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी उनी हजारौं समारोहमा सहभागी भएकी थिइन्। उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन्।

महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन्। उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन्।

राजकुमारहरु विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ अगस्टमा फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो। पछि सन् २००५ मा चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका हुन्।

तीन वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गर्दा महारानीले दुःख व्यक्त गरेकी थिइन्। पछि सन् २०२१ को जुनमा पति गुमाएपछि भने उनलाई ‘एक्लोपन’ ले अत्याएको थियो। त्यसको ६ महिनापछि यौन दुर्व्यवहारको आरोपमा छोरा एन्ड्रयुको शाही पदवी खोसिएको थियो।

प्रकाशित: Sep 09, 2022| 08:33 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...