शनिबार, असार २१, २०८२

सन्दीप भन्छन्- म कानुन मान्छु, निष्पक्ष छानबिन हुनेमा विश्वास छ

नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र सबै कुराको सामना गर्ने प्रतिक्रिया दिएका छन्।
 |  शुक्रबार, भदौ २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

vianetvianet

काठमाडौं- नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपालको कानुन मान्ने र सबै कुराको सामना गर्ने प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको जानकारी दिएका छन्। उनले निष्पक्ष छानबिन हुनेमा आफू विश्वस्त रहेको समेत बताएका छन्।

उनले कानुनमा विश्वास रहेको बताउँदै आफू निर्दोष रहेको बताएका हुन्। यसैबीच अदालतको अनुमतिमा नेपाल प्रहरीले उनीविरूद्ध बिहीबार नै पक्राउ पुर्जी जारी गरिसकेको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न बिहीबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसुरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो।

१८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पनि कप्तान लामिछानेलाई निलम्बन गरेको छ।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न अनुमतिसमेत लिएपछि क्यानले निलम्बन गरेको हो। क्यानको कार्यसम्पादन समितिको बिहीबारको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो।

'नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुासर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,' संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Sep 09, 2022| 08:14 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।