बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • करको दर परिवर्तनपछि विवादित मन्त्रीले फेरि गराए परिवर्तन, कुनमा कति? [सूचीसहित]

करको दर परिवर्तनपछि विवादित मन्त्रीले फेरि गराए परिवर्तन, कुनमा कति? [सूचीसहित]

यसैगरी भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ। स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयात गर्दा अन्त: शुल्क नलाग्ने व्यवस्था गरेको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- सरकारले विभिन्न वस्तुमा लगाएको करको दर परिवर्तन गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले जीआई वायर, स्यानिटरी प्याड र खानेतेललगायतका वस्तुहरुमा करको दर परिवर्तन गरेको हो। 

बैठकले रड, हट रोल्ड सर्कुलर क्रस सेक्सनको भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ। जीआई वारमा लाग्दै आएको अन्त:शुल्क ३५ सय बाट घटाएर २५ सय कायम गरेको छ। 

यसैगरी भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ। स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयात गर्दा अन्त: शुल्क नलाग्ने व्यवस्था गरेको छ। 

पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको छ।  सूर्यमुखी, भटमास, तोरी, रायोलगायतका वस्तुको दाना नै आयात गर्दा ५० प्रतिशत रहेको भन्सार छुटलाई बढाएर ९० प्रतिशत कायम रहेको छ। 

चालु आर्थिक वर्ष आर्थिक ऐन मार्फत यस्तै वस्तुहरूमा कर बढाएका कारण अर्थमन्त्री शर्मा विवादमा तानिएका थिए। आर्थिक ऐनको दफा १८ मा मन्त्रिपरिषदले करको दर परिवर्तन गर्न सक्ने विशेष व्यवस्था रहेकाले उक्त व्यवस्थाको प्रयोग गर्दै करको दर परिवर्तन गरिएको हो। 

राजस्व सचिव रामेश्वर दंगालको संयोजकत्वमा गठन भएको कार्यदलले करका दर परिवर्तन गर्न सुझाव दिएको थियो। उक्त कार्यदलमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य र भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई सदस्य रहेका थिए।

बजेट ल्याउँदा आर्थिक ऐन चलाएर करका दर फेरेको आरोप लागेपछि विवादित बनेका अर्थमन्त्री शर्माले आफ्नो विषयको विवाद साम्य भएपछि पुन: करका दर हेरफेर गरेका हुन्। यो विवाद लम्बिँदै गएपछि त्यसमाथि छानबिन गर्न संसदीय समिति बनेको थियो। उक्त समितिले सफाइ दिएपछि पुन: अर्थ मन्त्रालयकै जिम्मेवारी सम्हाल्न पुगेका मन्त्री शर्माले मन्त्रिपरिषद्‍मा फाइल पुर्‍याएर करका दर परिवर्तन गराएका हुन्।

यस्तो छ पछिल्लो परिवर्तन 

प्रकाशित: Sep 08, 2022| 21:16 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्