आइतबार, जेठ ३१, २०८३

सिट बाँडफाँट कार्यदलले बुझायो प्रतिवेदन, टुंगिएन भागबन्डा

सहमति जुटेको विषय समेटेर कार्यदलले प्रतिवेदन बुझाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- चुनावका लागि सिट बाँडफाँटका लागि बनाइएको पाँचदलीय कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ।

National life

सहमति जुटेको विषय समेटेर कार्यदलले प्रतिवेदन बुझाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्। तर कार्यदलले सिट संख्या बाँडफाँटमा कुनै सहमति निकाल्न सकेको छैन। 

'कार्यदलद्वारा शीर्ष नेतृत्वलाई प्रतिवेदन प्रस्तुत भयो,' उनले भने, 'यो छलफल भोलि पनि जारी रहन्छ। न्यायोचित ढंगले सिटको बाँडफाँट हुन्छ। सबैले मैले जितेको छु भन्ने ढंगले सिटको बाँडफाँट हुनेछ।' 

कार्यदलले बाँडफाँट नटुंग्याई प्रतिवेदन बुझाएको हो। सहमति नजुटेपछि बाँडफाँटका विषयमा शीर्ष नेतृत्वले शुक्रबार दिउँसो ३ बजे छलफल गर्ने उनको भनाइ छ। 

प्रकाशित: Sep 08, 2022| 20:27 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...