शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • १० दिनभित्र कर बुझाउन सेनाप्रहरीसहित १० निकायलाई महानगरको पत्र

१० दिनभित्र कर बुझाउन सेनाप्रहरीसहित १० निकायलाई महानगरको पत्र

'पत्र लेखी पटकपटक ताकेता गर्दा पनि हालसम्म नबुझाएको हुँदा तहाँको आम्दानी विवरणसहित १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउनु हुन अनुरोध छ,' महानगरपालिकाको राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले सेना/प्रहरी लगायतलाई पठाएको पत्रमा लेखिएको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायत १० निकायलाई १० दिनभित्र बहाल कर दाखिला गर्न भन्दै पत्र पठाएको छ। सेनाप्रहरीलगायतले महानगरभित्र बहाल लगाई आम्दानी गरेको भन्दै महानगरले बहाल कर दाखिला गर्न पत्र पठाएको हो। 

National life

'पत्र लेखी पटकपटक ताकेता गर्दा पनि हालसम्म नबुझाएको हुँदा तहाँको आम्दानी विवरणसहित १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउनु हुन अनुरोध छ,' महानगरपालिकाको राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले सेना/प्रहरीलगायतलाई पठाएको पत्रमा लेखिएको छ। 

निर्धारित मितिभित्र कर दाखिला नगरे महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत महानगरले दिएको छ। 

महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको हो।

प्रकाशित: Sep 08, 2022| 20:04 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।