आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले भने - चुनावपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार्छु, अन्तर्राष्ट्रिय सहकार्य बढाउँछु

प्रचण्डले भने - चुनावपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार्छु, अन्तर्राष्ट्रिय सहकार्य बढाउँछु

नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, 'आगामी निर्वाचनपछि मुलुकको नेतृत्व गरेर अर्थतन्त्रलाई सुधार गर्ने र अन्तर्राष्ट्रिय मित्रहरु बीचको सहकार्यलाई नयाँ उचाईमा उठाइनेछ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने बताएका छन्।

National life

नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, 'आगामी निर्वाचनपछि मुलुकको नेतृत्व गरेर अर्थतन्त्रलाई सुधार गर्ने र अन्तर्राष्ट्रिय मित्रहरु बीचको सहकार्यलाई नयाँ उचाईमा उठाइनेछ।

उनले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए। अध्यक्ष प्रचण्डले भने, 'अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं। अब देश विकासको निम्ति वातावरण तयार भएको छ।'  

राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने  उल्लेख गर्दै उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिवद्धता जनाए। 

'अहिले नेपालमा जुन परिवर्तन आएको छ। राजनीतिक नेतृत्वको हैसियतले मैले केही समय अगाडि संविधान सभाबाट संविधान घोषणा भएपछिको निर्वाचन अगाडि नेपाली जनता र अन्तर्राष्ट्रिय मित्रहरुको सामु पनि राजनितिक परिवर्तन र स्थिरताको निम्ति धेरै मेहनत गर्‍यौं। अब बाँकी आर्थिक समृद्धिको लागि हाम्रो ध्यान केन्द्रित हुनेछ भनेर केही प्रयोग गर्न खोजियो, उनले भने, 'त्यो प्रयोग गरियो र सफल भएन। अब हामी दोस्रो लोकतान्त्रिक निर्वाचनलाई सम्पन्न गर्ने प्रक्रियामा छौं। मलाई विश्वास छ । मैले त्यतिबेला जे प्रतिवद्धता गरेको थिएँ। अब मेरो हैसियतमा राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन अब आर्थिक विकास र समृद्धिको लागि र सामाजिक न्याय र समान्ताका निम्ति समर्पित गर्ने प्रतिवद्धता जनाएको थिएँ। अब चाहन्छु आगामी निर्वाचनपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानूनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरु र अन्तर्राष्ट्रिय मित्रहरु बीचको सहकार्यलाई नयाँ उचाईमा उठाइनेछ। यसमा परिसंघका पदाधिकारीहरुले खेलेको भूमिका धेरै महत्वपूर्ण छ।’

Shivam cement

अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताए। उनले संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्व दिएको दाबी गरे। उनले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताए। 

उनले भने, ‘निजी क्षेत्रको सहभागिता र विश्वास नलिई आजको ग्लोबलाइजेशन र डिजिटलाइजेशनको युगमा कुनैपनि देशले आर्थिक विकास समृद्धिलाई गतिशिल रुपमा अगाडि बढाउन सम्भव छैन। प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर भौतिक पूर्वाधारको विकास रोजगारी सिर्जना गर्नेदेखि समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा जोड गरेको हो त? भन्ने प्रश्न आउने गरेका थिए। तर संविधान बनाउँदा नै निजी क्षेत्रलाई महत्व दिएर संविधान निर्माण गर्ने कुरा गर्‍यौं । त्यसपछि सबै राजनीतिक घोषणाहरुमा निजी साझोदारी मोडललाई महत्वका साथ काम अगाडि बढाउने काम भएका छन्।'

अब सरकार र निजी क्षेत्रको बीचको सम्बन्ध दिनप्रतिदिन सुमधुर हुँदै गएको र सहकार्यको क्षेत्र पनि बिस्तारै सुदृढ हुँदै गएको महशुस गरेको उनले बताए। 

प्रकाशित: Sep 08, 2022| 20:00 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...