बिहीबार, साउन २१, २०८३

राष्ट्रपतिद्वारा म्यानमार र मलेसियाका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमरे र मलेसियाका लागि डिल्लीराज पौडेललाई राजदूत नियुक्त गरेकी छन्।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमरे र मलेसियाका लागि डिल्लीराज पौडेललाई राजदूत नियुक्त गरेकी छन्। 

राष्ट्रपति भण्डारीले बिहीबार संविधानको धारा २८२ बमोजिम घिमिरे र पौडेललाई आवासीय राजदूतको पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य जानकारी दिएका छन्। 

घिमिरे परराष्ट्र मन्त्रालयका सहसचिवबाट राजदूतमा सिफारिस भएका हुन्। 

सरकारले २०७८ चैत २४ गते उनीहरुलाई राजदूतका लागि सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार संसदीय सुनुवाई भएपछि सम्बन्धित मुलुकबाट एग्रिमो आएको थियो। एग्रिमो आइसकेपछि राष्ट्रपति भण्डारीले उनीहरुलाई राजदूतका लागि नियुक्त गरेकी हुन्। 

त्यसैगरी राष्ट्रपति भण्डारीले संयुक्त अधिराज्य बेलायका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिका आवासीय राजदूत श्रीधर खत्रीलाई कोस्टारिकाका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छन्। 


प्रकाशित: Sep 08, 2022| 19:41 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...